२५ भदौ २०८३, बिहिबार 1789084137
Banner

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल विरूद्धको मुद्दा न्यायाधीश पौडेल र श्रेष्ठको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल विरूद्धको पतञ्जली जग्गा हिनामिना प्रकरणको मुद्दाको सुनुवाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा तोकिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो। यसअघि प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।