काठमाडौं । एमालेको भावी अध्यक्षका लागि केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् ।
११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दैछन् । एमालेको ११औँ महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा जारी छ भने नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ ।


