काठमाडौँ — एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रम फेरि सरेको छ । महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनदेखि मतदानसम्मका कार्यक्रम परिवर्तन भएको छ ।

यसअघि उम्मेदवारको अन्तिम नामावली ८ बजे प्रकाशन गर्ने भनिए पनि सोमबार राति साढे ९ सम्मका लागि सारिएको छ । त्यस्तै मतदान मंगलबार दिउँसो १ बजेदेखि ७ बजेसम्म गरिने जनाइएको छ । यसअघि मतदानको समय मंगलबार बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि तोकिएको थियो ।
महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
मतदान विद्युतीय भोटिङ मेसिनबाट हुनेछ ।


