नेकपा (एमाले)को सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ । सम्पन्न निर्वाचनमा ९ सचिव पदका लागि भएको प्रतिस्पर्धामा अध्यक्ष ओलीको प्यानलका सबै उम्मेदवार विजयी भएका हुन् ।
मतपरिणामअनुसार सचिव पदमा सबैभन्दा बढी मत ल्याउनेमा महेश बस्नेत रहेका छन् । उनले १,५४४ मत प्राप्त गरी शीर्ष स्थानमा विजयी भए । दोस्रो धेरै मतसहित पद्माकुमारी अर्याल विजयी भइन् । उनले १,५३० मत ल्याइन् ।
तेस्रो स्थानमा छविलाल विश्वकर्मा रहे । उनले १,५०६ मत प्राप्त गरे । यसैगरी सचिव पदमा शेरधन राई १,५०३, हिक्मतकुमार कार्की १,३३७, खगराज अधिकारी १,२३१, यामलाल कंडेल १,१८५, राजन भट्टराई १,१८१ र भानुभक्त ढकाल १,१०८ मतसहित विजयी भएका छन् ।
सचिव पदमा अध्यक्ष ओलीको प्यानल नै विजयी भएपछि पार्टीभित्र नेतृत्वको पकड थप मजबुत भएको विश्लेषण गरिएको छ ।


