७ भदौ २०८३, आइतबार 1787481096
Banner

सचिवमा झिनो मतले पराजित गोकुल बास्कोटा एमाले केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेकपा एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यतर्फ भने निर्वाचित भएका छन्।

पदाधिकारी उम्मेदवारको व्यवस्था अनुसार, सचिव पदका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार पनि हुन्छन्।

सचिवमा झिनो मतान्तरले पराजित भए पनि बास्कोटाले खुला केन्द्रीय सदस्यतर्फ ११९५ मत प्राप्त गर्दै विजयी भएको घोषणा भएको छ।