९ जेष्ठ २०८३, शनिबार 1779574159
Banner

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् ।

बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिए पनि आज लामिछानेलाई काठमाडौंबाट भैरहवा लगेर जिल्ला अदालत रुपन्देहीमा प्रक्रिया पूरा गरेपछि मात्र उनको रिहाई हुन लागेको हो ।

नक्खु कारागारमा रहेका उनी आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन सकेका थिएनन् ।