७ जेष्ठ २०८३, बिहिबार 1779401466
समाचार

पत्रकारमाथि मिराज समूहको जेनजीद्वारा कुटपिट

काठमाडौं । आजबाट आन्दोलनको घोषणा गरेको मिराज ढुंगाना समूहका जेनजीले पत्रकारमाथि हातपात गरेका छन् ।

माइतीघरमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रदर्शनमा उत्रिएका ढुंगाना समूहका जेनजीले कुटपिट गरेका हुन् । प्रदर्शनकारीले हातपात गरेपछि पत्रकारहरूले पनि प्रतिरोध गरेका थिए ।

दुई पक्षीय झडप नै भएपछि प्रहरीले केही जेनजीलाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीको कुटपिटमा परेर एकजना पत्रकार घाइतेसमेत भएका छन् ।