काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा आयोजित डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा समारोहमा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी हुन् । प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासा गरिन् । बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले बताइन् । उनले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गरिन् ।

काठमाडौँ, ३१ असोजः प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्की शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई कूटनीतिक ब्रिफिङ गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल÷रासस
डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकालले समाजलाई परिवर्तन गर्न सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै आफुहरुको निरन्तर सहयोग हुने प्रतिद्धवता जनाए । साहित्यका माध्यमबाट समाजको यथार्थ चित्रण हुने भएकाले साहित्य क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको उनाको भनाइ छ ।
कार्यक्रममा प्रतियोगितामा प्रथम भएको एक मान्ठ एक देउता शीर्षकको कथाका कथाकार शिवराज शाहीलाई नगद दुई लाख रुपैयाँ पुरस्कारसहितको पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित भुइँकुहिरोको बीचमा शीर्षकको कथा द्वितीय भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित अधुरो प्रतिलिपि शीर्षकको कथा तृतीय भएको छ ।


