काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्वगृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठूला शहरहरुमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।


