७ भदौ २०८३, आइतबार 1787470631
समाचार

सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन् ।

नेपाल धितोपत्र बोर्डको उजुरीपछि पुस ४ गते पक्राउ परेका अग्रवाल ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए।

उनले धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ।यसरी बदनीयत राखेर उनले सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा कमाएको आरोप सिआइबीको थियो।

अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको आरोप छ।