११ जेष्ठ २०८३, सोमबार 1779697100
समाज

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिवेणी (नवलपरासी), २० पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताउनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताउनुभयो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।