२ जेष्ठ २०८३, शनिबार 1778916319
Banner

उर्जामन्त्री कुलमानले राजीनामा दिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिने भएका छन् । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् । पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिन लागेकाे घिसिङले बताए । 

उनी गत भदाै ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए ।  उनलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियाे । घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन् ।