३० जेष्ठ २०८३, शनिबार 1781373352
Banner

सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भयो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै उनले सो कुरा बताएका हुन् ।

संयोजक दाहालले भनेका छन् : ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। ‘मुन्ना भाई MBBS’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु ।’

उनले दत्तसँगको कुराकानी निकै रमाइलो भएको समेत बताएका छन् । ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ’ दाहालले भनेका छन् ।