झापा । झापाको माइ खोला लगायत स्थानमा बम राखेर आतंकित बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ लाई पक्राउ गरेको हो । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका थिए ।
यसअघि उनी २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ परेर कैद भुक्तान गरेका थिए ।
त्यसैगरी, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए ।


