१६ आश्विन २०८३, शुक्रबार 4:40 pm
Banner

देउवाको हस्ताक्षर हटाएर नवनिर्वाचित टोली अद्यावधिक गगनको निर्णय

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग जाने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनपछि भएका निर्णयहरू आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

उनले निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद चाँडै टुंग्याउने विश्वास व्यक्त गरे।

‘विशेष महाधिवेशनपछि भएका निर्णयहरू अद्यावधिक गराउन निर्वाचन आयोग जाने निर्णय भएको छ। उम्मेदवार प्रयोजनका लागि हस्ताक्षर परिवर्तन गर्न तथा समानुपातिक उम्मेदवारको सूची संशोधन गर्नका लागि हामी आयोग जान लागेका हौँ,’ चालिसेले भने।