१६ भदौ २०८३, मंगलबार 1788264099
पर्यटन

कतारी राजकुमारी सगरमाथाको चुचुरोमा

काठमाडौं । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।

कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ।

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कचनजंघाको सफल आरोहण गरेकी थिइन् ।

राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फवाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोस्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन्।