१४ आश्विन २०८३, बुधबार 2:34 am
Banner

देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ : शेरबहादुर देउवा सभापति रहेको नेपाली कांग्रेसकोे केन्द्रीय कार्य समितिको बैठक शनिबार बस्दैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिलाई डाकिएको छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि आकस्मिकरूपमा बैठक बस्न लागेको हो। पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापा लाई सभापति चयन गरेको थियो।

कांग्रेसको आधिकारिकतासम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।