२२ श्रावण २०८३, शुक्रबार 1786087458
Banner

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेसमा गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। कानुनी पक्षको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। खड्का रिट तयार पार्न कानुन व्यवसायीहरूसँग छलफलमा छन्। यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र शेरबहादुर केसीले साथ दिइरहेका छन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका छन्, जसमा गगन थापा सभापति चयन भएका छन्।

देउवा पक्षले भने नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने भन्दै यसलाई अस्वीकार गर्दै आएको छ।