१७ बैशाख २०८३, बिहिबार 1777586969
Banner

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि दिए राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनले आइतबार उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनले सुनसरी क्षेत्र नम्बर १ बाट आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यसअघि आज नै बालेन शाहले पनि काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।