१० जेष्ठ २०८३, आइतबार 1779641874
Banner

रास्वपाको चुनावीसभा आज जनकपुरमा, रवि र बालेनले सम्बोधन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट चुनावीसभा सुरु गर्दै छ । जनकपुरबाट रास्वपाले चुनावीसभा सुरु गर्न लागेको हो ।

रास्वपाका नेताहरू आइतबार नै जनकपुरधाम पुगिसकेका छन् । आइतबार साँझ पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह लगायत नेताहरू जनकपुर पुगेका हुन् ।

तिरहुतिया गाछीमा हुने चुनावीसभालाई सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनलगायतले सम्बोधन गर्नेछन् ।