२८ असार २०८३, आइतबार 1783897703
Banner

कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।

केन्द्रिय सदस्य महेन्द्र लावतीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा समर्थकसहित भेला भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जाने कार्यक्रम तय भएको छ। मन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया भाँडिएसँगै घिसिङले आफ्नै दलमार्फत निर्वाचनमा होमिने भएक हुन् । सोही अनुसार उज्यालो नेपाल पार्टीले काठमाडौंं –३ सहित देशभर उम्मेदवार उठाउने तयारी अघि बढाएको जनाएको छ।