११ भदौ २०८३, बिहिबार 1787868606
Banner

दोब्बर मतले जित्छु : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका मतदाताले देशप्रेमी र दृढ नेतृत्वलाई छनोट गर्ने बताएका छन् । उमेदवार मनोयनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफूले दोब्बरभन्दा बढी मतले विजयी हुने दाबी समेत गरे ।

“कसले व्यक्तिका घर जलायो, सरकारी कार्यालय जलायो र को मुलुकका पक्षमा दृढताका साथ उभियो भन्ने कुरा यहाँका जनतालाई थाहा छ,” ओलीले भने, “मेरो कसैसँग पनि प्रतिस्पर्धा हुँदैन दोब्बरभन्दा बढी मतले जित्नेछु ।” ओलीको आधार इलाका झापामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेन्द्र शाहलाई उठाएको छ ।