२९ आश्विन २०८३, बिहिबार 3:57 pm
Banner

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ।

आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए।

उनले जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।