काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनोनयनपत्र दर्ता गराएका मध्ये ४९ जनाले उमेदवारी फिर्ता लिएका छन् ।
आज आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न दल र स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका ४९ जनाले उमेदवारी फिर्ता लिएका जानकारी दिए ।
देशका विभिन्न क्षेत्रबाट उमेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत दलका तर्फबाट मनोनयनपत्र दर्ता गराएका व्यक्तिहरू छन् । केही स्वतन्त्र व्यक्तिले पनि उमेदवारी फिर्ता लिएका उनले जानकारी दिए ।


