११ भदौ २०८३, बिहिबार 1787887121
समाचार

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

धनगढी । सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बिहान १० बजेसम्म ६३ जनाले मतदान गरेका छन्। प्रदेश निर्वाचन कार्यालयमा भइरहेको मतदान केन्द्रमा एक घण्टामा ६३ जनाले मतदान गरेका हुन्।

प्रदेश सभा तर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। अहिलेसम्म २८ प्रतिशत मत खसेको हो। यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन्।