२६ जेष्ठ २०८३, मंगलबार 1781062842
समाचार

बागमतीमा १२ बजेसम्ममा ७० प्रतिशत मतदान

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत जारी मतदानमा १२ बजेसम्म ७० प्रतिशत बढी मत खसेको छ ।

प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका हुन्।

बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन्। प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मतदान गर्न आएका छैनन्।