काठमाडौं । प्रधानमन्त्री बालेन शाहको चेतावनीपूर्ण स्ट्याटसपछि नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्। उनले आफूलाई धम्की दिएर वा तर्साएर नतर्सिने बताएका हुन् ।
थापाले साँझ ठीक ६ बजे सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ उनले लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन’।
यसअघि प्रधानमन्त्री बालेनले पनि सामाजिक सञ्जालमा कसैलाई नछोड्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। बालेनको उक्त स्ट्याटसपछि थापाको प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्रीको चेतावनी र त्यसलगत्तै थापाले दिएको जवाफले राजनीतिक वृत्तमा चासो बढाएको छ।

