१ जेष्ठ २०८३, शुक्रबार 1778850885
Banner

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख १८ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन साढे नौ हजार रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ १४) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यो इतिहासकै उच्च मूल्य हो ।

अघिल्लो दिन भने प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४३० रुपैयाँले बढेर सात हजार ३०० रुपैयाँ पुगेको छ ।