काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन् ।
उनले भक्तपुरका नागरिकको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्यका साथ अघि बढेको उल्लेख गर्दै जनताको सेवा नै आफ्नो पहिलो कर्तव्य भएको संकल्प व्यक्त गरे ।
‘तपाईंहरूको बीचमा उपस्थित भएको छु, भक्तपुरमा हामीले सुरु गरेको अधुरा विकासका योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धता, यहाँको आवाज र आवश्यकता केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट उद्देश्य, र जनताको सेवा नै मेरो पहिलो कर्तव्य भन्ने सङ्कल्पसहित म अगाडि बढेको छु, यो क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर, सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुदृढीकरण– यी सबै मेरो प्राथमिकतामा रहनेछन्’ उनले भने ।
सचिव बस्नेतका अनुसार क्षेत्रको विकास, युवाको भविष्य, किसानको हित, रोजगारीका अवसर सिर्जना, सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सुदृढीकरण आफ्ना प्रमुख प्राथमिकतामा रहनेछन् । ‘म बाचा मात्र होइन, काम गरेर देखाउने अठोटका साथ आएको छु,’ उनले भने ।
उनले जनताको साथ, विश्वास र अमूल्य मत नै आफ्नो शक्ति भएको उल्लेख गर्दै समृद्ध भक्तपुर निर्माणका लागि हातेमालो गर्न आग्रह गरे । साथै, उनले सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिन मतदातालाई अनुरोध गरेका छन् ।
‘तपाईंहरूको साथ, विश्वास र अमूल्य मत नै मेरो शक्ति हो, आउनुहोस्, समृद्ध भक्तपुर निर्माणको यात्रामा हातेमालो गरौँ, सूर्य चिन्हमा मतदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु’, मतदातासँग उनको अनुरोध छ ।


