२४ भदौ २०८३, बुधबार 1788981611
Banner

वरिष्ठ अभिनेता सुनिल थापाको निधन

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। उनका अनुसार छोराहरु भारतबाट आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।

परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए। दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा राते काइँला भनेर समेत चिनिन्थे।