झापा । मतदाता तथा कार्यकर्तासँगको संवादका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका पुगेका छन् ।

चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक गौरीगञ्ज सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरुसँग संवाद गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ ।
त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्ने छन् । शुक्रबार देखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित हुुन भएको छ ।





