४ आश्विन २०८१, शुक्रबार 1726827287
Banner

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई थुनामै राख्न राख्न आदेश दिएको छ । न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।

शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।

१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा गएका थिए ।

फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

पलविरुद्धको उजुरीपछि सात दिन, १२ दिन, चार दिन र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गरेको थियो । चैत १० मा जिल्ला अदालत तनहुँले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।