काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।
गत निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट नाउपाको ढकिया चिन्हबाट उम्मेदवरी समेत दिएका चौधरी शनिबार राप्रपा प्रवेश गरेका हुन्।उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवेश गराएका हुन्। चुनावी अभियानको क्रममा लिङ्देन रूपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।
अघिल्लो निर्वाचनमा चौधरीले १३ हजार ९९२ मत प्राप्त गरेका थिए। राप्रपा प्रवेशसँगै रूपन्देही क्षेत्र नम्बर १ मा विजय प्राप्त गर्न सहज हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाबाट त्यस क्षेत्रमा प्रज्वल बोहोरा उमेदवार छन्। प्रज्वल राप्रपाका दिवंगत नेता दिपक बोहोराका छोरा हुन्।


