७ मंसिर २०८१, शुक्रबार 1732327712
राजनीति

रामेछापको एउटा टोलै एमालेमा प्रवेश

काठमान्डौ- रामेछापको एउटा टोलै एमालेमा प्रवेश गरेको छ ।


एमाले रामेछाप नगरपालिका नगर कमिटीका सचिव सुन्दर घिमिरेका अनुसार वडा नं ४ को हिमगाउँ टोलका सबै घरका एकजनाका दरले एमाले प्रवेश गरेका हुन् । उनीहरु सबै काँग्रेसका क्रियाशिल सदस्य रहेको घिमिरेले बताउनुभयो । प्रवेश गर्ने सबै मगर समुदायका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष ओली,केन्द्रीयहरु सदस्य गीता कार्की,दुर्गा प्रसाईं र सुनिता बरालले अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।
अध्यक्ष ओलीले पुष्पलाल जन्मेको जिल्लामा एमाले बाहेक अरुले चुनाव जित्नु नहुने बताउनुभयो । यसपाली अनेक तरहले गठबन्धनले चुनाव जिते पनि आउने चुनावमा यसैगरी गाउँ टोलै समाहित भएर एमालेलाई जिताउनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
नव पार्टी प्रवेशी मगर समुदायले अध्यक्ष ओलीसँग तीनवटा माग राखेका छन् । उनीहरुको नेतृत्व गर्दै कुमार मगरले अध्ययक्ष ओलीसँग तीनवटा माग राख्नुभएको हो । पहिलो गाउँमा २३ किलोमिटर सडकको भाडा ५ सय रुपैंया तिर्नुपर्दछ । त्यो भाडा घटाइदिनुहोस । दोस्रो रामेछापको हिमगाउँ मगरहरुको पुरानो थातथलो हो त्यहाँ एउटा मगर संग्राहलय बनाइदिनुहोस । तेस्रो गाउँमा फूटबल खेल्न रहर गर्ने किशोर र युवाहरु धेरै छन् । तर मैदान छैन । त्यसैले हामीलाई गाउँमा फूटबल मैदान बनाइदिनुहोस ।
अध्यक्ष ओलीले ति मागहरु पुरा गर्न कुनै समस्या नपर्ने बताउनुभएको छ ।