तेहरान– इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायली र अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ ।

इरानी राज्य नियन्त्रित सञ्चार माध्यमहरूका अनुसार खामेनीको इजरायली र अमेरिकी आक्रमणमा परी मृत्यु भएको हो।
पछिल्लो समय यस क्षेत्रमा बढ्दै गएको सैन्य तनाव र द्वन्द्वका बीच यो घटना सार्वजनिक भएको हो।
इरानका सरकारी निकायहरूले आफ्ना शीर्ष नेताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आगामी ४० दिनसम्म देशभर शोक मनाइने र राष्ट्रिय झण्डा आधा झुकाइने जानकारी दिएका छन्।
यस घटनापछि इरानको आन्तरिक सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले यसलाई निकै चासोका साथ हेरिरहेका छन्। एजेन्सी


