काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्राईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चुनावी नतिजा देशको जितहारसँग जोडिएको बताएका छन् । आइतबार झापा–५ मा आयोजित एक कार्यक्रममा उनले ओलीको जितहार एमालेसँग मात्र सम्बन्धित नरहेको बताएका हुन् । “केपी विजय वा पराजय देशको विजय वा पराजयसँग जोडिएको छ,” उनले भने, “नेपाली राष्ट्रियता, स्वाभिमानसँग जोडिन्छ ।”
उनले ओलीले जिते देशको स्वाभिमान, राष्ट्रियतालाई माथि उठाउने जिकिर गरे । “हामी नेपाली हुँ भन्ने पहिचनालाई माथि उठाउने कुरा हो,” उनले भने । ओली प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ का उमेदवार हुन् ।


