२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:13 pm
Banner

झापा-५ अध्यक्ष ओलीको र भक्तपुर-२ मा मेरो जित सुनिश्चित् छ : महेश बस्नेत

सूचना प्रेस २०८२ फाल्गुन २१ बिहिबार ००:००, १५:१८ बजे १ मिनेट पढाइ

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले आज भईरहेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा जित्ने पनि दाबी गरे ।

यता, भक्तपुर २ मा आफ्नो पनि जित सुनिश्चित् रहेको उनको दाबी छ । यो निर्वाचनमा एमालेको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बस्नेतको दाबी छ ।