४ आश्विन २०८१, शुक्रबार 1726856151
Banner

बस दुर्घटना अपडेट : ६ जनाको सनाखत

भैरहवा – भैरहवा–नवलपरासी सडकखण्ड अन्र्तगत रोहिणी नदीमा भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ६ जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीय बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे, रौतहटका २० वर्षीय दिनेश दास र भारत जनकपुरग्राम बस्ने ४० वर्षीय अरबिन्द्र शर्माको पहिचान भएको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । जसमध्ये १६ जनाको अवस्था गम्भीर छ भने ८ जनाको अवस्था मध्यम रहेको रुपन्देही प्रहरीले जनाएको छ । बसमा ३३ जना सवार थिए ।

मृतकहरुको नामवली

१) जिल्ला रुपन्देही ओमसतिया गा.पा. ०४ बस्ने बर्ष ६५ को राजेन्द्र पाण्डे । (सनाखत भएको) ।

२) जिल्ला रुपन्देही तिलोत्तमा न.पा.८ बस्ने बर्ष ३७ की तुल्सी बस्याल । (सनाखत भएको)

३) जि.रुपन्देही तिलोत्तमा न.पा. ०२ योगिकुटी बस्ने बर्ष ५६ को बिष्णु पौडेल ।

४) जि.रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष २० को दिनेश दास ।

५) जि.रुपन्देही बुटवल उ.म.न.पा.११ कालिकानगर बस्ने बर्ष ४८ को कृष्ण प्रसाद बस्याल ।

६) भारत जनकपुरग्राम बस्ने बर्ष ४० को अरबिन्द्र शर्मा । (सनाखत भएको ) ।

७) हाल नामथर वतन नखुलेको बर्ष ३०/३५ को पुरुष ।

८) हाल नामथर वतन नखुलेको बर्ष अ. ४०/४५ को पुरुष ।

९) हाल नामथर वतन नखुलेको बर्ष ३० को पुरुष ।