५ आश्विन २०८१, शनिबार 1726897965
Banner

प्रचण्ड–माधवलाई कस्ले गरयो प्रधानमन्त्री अफर ? जवाफमा अध्यक्ष ओलीको लामो हाँसो (भिडियो)

काठमाडौं । राजनीतिक वृत्तमा नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको ‘अफर’ आएको यतिवेला चर्चामा छ ।

माओ‌वादीका अध्यक्ष प्रचण्डले केही दिन अघि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भए पनि त्यसलाई अस्वीकार गरेको दाबी गरेका थिए । उनको दाबी पछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि प्रचण्डलाई मात्र नभएर आफूलाई पनि प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको दाबी गरेसँगै यस विषय थप चर्चामा रहयो ।

यी दुबै नेताहरुले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको चर्चा गरेपनि कुन दल र कसले भन्ने खुलाएका छैनन ? वातावरण दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आइतबार भेट हुनुभएका एमाले अध्यक्ष ओलीलाई सूचनाप्रेसले उक्त जिज्ञासा राख्दै प्रश्न गरयो, के एमालेले प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्री बन्न ‘अफर’ गरेको हो ? राजनीतिक घटनाक्रम परिर्वतन हुँदैछ ? अध्यक्ष ओलीको यस्तो छ जवाफ ।