२३ भदौ २०८३, मंगलबार 1788924012
Banner

दीपक मनाङे रिहा

काठमाडौँ : गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) रिहा भएका छन्। बुधबार गुरुङ डिल्लीबजार कारागारबाट रिहा भएको जेलर बाबुराम अर्यालले बताए। कैद भुक्तान गरिसकेपछि उनलाई रिहा गरिएको अर्यालले जानकारी दिए। ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएपछि गुरुङलाई डिल्लीबजार कारागार पठाइएको थियो।