काठमाडौं । केही दिनअघि भक्तपुरको नगरकोटमा दुई जना मोटो भ्लगरमाथि कुटपिट गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार चालक चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई आज पक्राउ गरेको हो।
तामाङले गलत लेनमा गाडी चलाएको र मोटरसाइकल रहेका भ्लगरले सम्झाउने क्रममा उनले उल्टै कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उनलाई पक्राउ पर्न चौतर्फी दबाव परेको थियो । भिडिओ सार्वजनिक भएपछि उनी फरार रहँदै आएका थिए ।


