२३ असार २०८३, मंगलबार 1783459228
अर्थ

भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम उद्धाटन

भक्तपुर । नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर)मार्फत सञ्चालनमा आएका हुन्।

आठ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसयूके) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह प्रस्तुत गरेको छ। दुवै शोरुममा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने, अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन्। कम्पनीका अनुसार यहाँ मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट तथा प्रिमियम पोलिस गरिएको सतहका टायलहरू अवलोकन तथा खरिद गर्न सकिन्छ।

लामिनारको पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव दिन्छ। यस्तो सतह विशेष गरी लक्जरी भिला, होटल तथा बार जस्ता स्थानका लागि उपयुक्त मानिन्छ। यी सतहहरू गहिरो पोलिस स्पष्टतासहित तयार गरिएका छन्, जुन साधारण पोलिस्ड टायलभन्दा प्रिमियम मार्बलमा देखिने गुणस्तरसँग मेल खान्छ।