काठमाडौँ- प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बुधबार संसद पदको शपथ लिनु हुने भएको छ । केशीले नव निर्वाचित प्रतिनिधि सभामा सभै भन्दा ज्येष्ठ सदस्यको हैसियतमा भोलि बुधार विहान ११:१५ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट सपथ लिएपछि उहाँले आगामी चैत १२ विहिबार दिउसो २ बजे नवनिर्मिति संसद भवन सिंहदरबार अन्य सांसदहरुलाई सपथ गराउनुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संंरचना तयार पारिरहेको छ ।
संसदको शपथको भोलि पल्ट प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहले शपथ लिने कार्यक्रम रहेको छ । विहिबार बस्ने रास्वपा बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेपछि शुक्रबार उहाँले राष्ट्रपतिसँग सपथ लिने र त्यसको तयरी राष्ट्रपति कार्यालयले गरेको छ।


