२३ भदौ २०८३, मंगलबार 1788911502
Banner

सुदन गुरुङ गृहमन्त्री बन्ने सम्भावना, अरु को को मन्त्री बन्दै ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । रास्वपा स्रोतका अनुसार उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

रास्वपा स्रोतका अनुसार, हालसम्म यी १० मन्त्रीको टुंग्याइएको छ । उद्योगमन्त्रीमा अमरेशकुमार सिंह तथा ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठको नाम टुंगो लागेको छ ।

यी हुन् १० मन्त्रीहरू
शिशिर खनाल– परराष्ट्रमन्त्री

स्वर्णिम– अर्थमन्त्री

गृहमन्त्री– सुदन गुरुङ

कानुनमन्त्री– सोविता गौतम

सामान्य प्रशासनमन्त्री– प्रतिभा रावल

महिला बालबालिका– सीता वादी

भौतिक पूर्वाधारमन्त्री– सुनील लम्लास

उद्योगमन्त्री– अमरेशकुमार सिंह

ऊर्जामन्त्री– विराज भक्त श्रेष्ठ

स्वास्थ्यमन्त्री– निशा मेहता