२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:51 pm
Banner

एमाले अध्यक्ष ओलीको निवेदनमा आज सुनुवाइ हुँदै

सूचना प्रेस २०८२ चैत्र १६ सोमबार ००:००, ०८:५४ बजे १ मिनेट पढाइ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदैछ ।

ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट हिजो दायर रिटमा आजका लागि सुनुवाइ तोकिएको हो ।
रिटमा जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा मात्र पक्राउ गरी थुनामा राखिएको कदम गैरकानूनी भएको दाबी गरिएको छ।

कुनै पनि अनुसन्धान निकायको सिफारिस वा प्रतिवेदनलाई मात्र आधार बनाएर व्यक्तिलाई पक्राउ गर्नु कानूनी मापदण्डअनुसार नहुने जिकिर रिटमा गरिएको छ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली गत शनिबार पक्राउ परेका थिए ।

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।