३० बैशाख २०८३, बुधबार 1778737451
Banner

आज तोलामा २५ सयले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार ९चैत १६० सुनको मूल्य घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा २५ सय रुपैयाँले घटेको छ ।

आजका लागि प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन दुई लाख ८६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँ रहेको चाँदी आजका लागि चार हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।