३० बैशाख २०८३, बुधबार 1778700405
Banner

हिरासतमा रहेका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेर हिरासतमा रहेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई के समस्या देखिएको भन्ने बारेमा भने खुलाइएको छैन । खड्कालाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको थियो ।