काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले बोलाएको सांसदहरूको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बहिष्कार गरेका छन् ।
प्रधानमन्त्रीले बोलाएको कोठे बैठकमा सहभागी नहुने उनले स्पष्ट पारेका हुन् । आफ्ना पार्टीका अन्य सांसदहरू पनि बैठकमा सहभागी नहुने उनले बताए ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ,’ उनले भनेका छन्, ‘सदनको बैठक बोलाउनु पर्यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’


