काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।
तर तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न परमादेश जारी गरेको छ । सर्वोच्चको परमादेश अनुसार अब म्याद थप्न पाइने छैन ।


