२३ असार २०८३, मंगलबार 1783455358
जलविधुत

छ्यागी खोला लघुविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

चैत २४ गते । सर्केगार्ड गाउँपालिका–६ को छ्यागी खोला लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । २३ महिना लगाएर निर्माण कार्य सम्पन्न भएर सो आयोजनाले विद्युत उत्पादन गरेर छ्यागी गाउँका उपभोक्तालाई विद्युत आपुर्ती सुरु गरेको हो ।

गाउँ नजिकैको छ्यागी खोलाबाट छब्बीस किलोवाट विद्युत उत्पादन सुरु भएर छ्यागी गाउँका उपभोक्ताहरुले विद्युत आपूर्ती सुरु भएको सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । 

उक्त लघुजल विद्युत आयोजनाबाट विद्युत उत्पादन भएर आपूर्ती सुरु भएपछि सो गाउँका स्थानीयले पहिलो पटक बिजुली बाल्न पाउनुभएको छ । सुरुमा २० किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएकोमा निर्माण कार्यपनि २६ किलोवाट विद्युत उत्पादन हुन सुरु भएपछि विद्युत बढी उत्पादन भएको उहाँले बताउनुभयो । 

कुल लागत दुई करोड ३७ लादख ३५ हजार ५३० रुपियाँ लागेको छ । त्यसमा २३ लाख ७३ हजार ५५३ रुपियाँ गाउँपालिका र  दुई करोड १३ लाख ६१ हजार ९७७ रुपियाँ बेकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको लागत लागेको छ । 

साझेदारीमा निर्माण कार्य सम्पन्न भएको सो लघुजल विद्युत आयोजनाबाट छ्यागी गाउँका १३० घरधुरी लावान्भित हुनुभएको छ । त्यसैगरि नेपाल टेलिकमको फोरजी टावरका लागि पनि विद्युत आपूर्ती गर्ने तयारी भईरहेको छ । 

एकातिर लघुजल विद्युत आयोजना निर्माण गर्ने कार्य र अर्कोतर्फ घरघरमा विद्युत आपुर्ती गर्नका लागि खम्बा गाड्ने, तार तान्ने, घरमा वायरिङ कार्य गरेर विद्युत आपूर्ती समेत सुरु भएर गाउँ नै झिलिमिली भएको सर्केगार्ड गाउँपालिका–६ का वडा अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकायाले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गर्नुभएको हो ।